भक्तपुरको भुम्डोलबाट इन्सास राइफलसहित एकजना नियन्त्रणमा

मंगलबार, १९ फागुन, २०८२
डिजिटल संस्करण

भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका– ८, भुम्डोलबाट इन्सास राइफलसहित फागुन १९ गते सशस्त्र प्रहरी बलले एकजनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले गोरखा जिल्ला पालुङटार नगरपालिका– ९ घर भई हाल भक्तपुरको भुम्डोल बस्ने ३१ वर्षीय आयन सेढाईंको कोठाबाट राइफलसहित एसएलआरको गोली चारवटा, प्लास्टिक राउन्ड दुईवटा, सर्टगनमा लाग्ने राउन्ड एउटा, खुकुरी एक थान तथा सोको दाप दुई थान, बन्चरो एक र सिरिन्ज पाँचवटासहित नियन्त्रणमा लिएको हो ।

उनलाई  आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रवक्ता  तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए । उक्त राइफल तथा हतियारमा लाग्ने गोली  गत भदाै २३–२४ को  आन्दोलनमा लुटिएको आशंका गरिएको छ ।      

सुझावित समाचार