स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन १८ गते सुनको मूल्य प्रतितोला पाँच हजार ६ सय रुपैयाँले वृद्धि भएको हो।
आजको अद्यावधिक मूल्यअनुसार उपभोक्ताले एक तोला सुन खरिद गर्न तीन लाख २६ हजार एक सय रुपैयाँ तिर्नुपर्नेछ। अघिल्लो कारोबार दिन सुन प्रतितोला तीन लाख २० हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ३५ रुपैयाँले उकालो लाग्दै ६ हजार २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी पाँच हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।