प्रिमियम र विश्वसनीय टायल ब्रान्डमध्ये एक कजारियाले विराटचोक, मोरङमा नयाँ सोरुम उद्घाटन गर्दै पूर्वी नेपालमा थप सेवा विस्तार गरेको छ । महालक्ष्मी ट्रेडर्सद्वारा सञ्चालित यस सोरुमले विराटचोक तथा वरिपरिका क्षेत्रमा बढ्दो उच्च गुणस्तरीय टाइलको माग पूरा गर्दै ग्राहकलाई आधुनिक, आकर्षक र उन्नत अनुभव प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ ।
कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले रिबन काटेर सोरुम उद्घाटन गरे । सो क्रार्यक्रममा सुन्दर हरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईं, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईलगायतको उपस्थिति थियो । अग्रवालले भने, ‘विराटचोकमा नयाँ सोरुम उद्घाटन गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । यो सोरुमले केवल टायल बिक्री गर्ने ठाउँ नभई ग्राहकका लागि आधुनिक, आकर्षक र नवप्रवर्तनशील टायल विकल्प अवलोकन गर्ने गन्तव्यको काम गर्नेछ । कम्पनीका अनुसार यस सोरुममा गृहस्वामी, ठेकेदार र वास्तुकारले आफ्ना परियोजनाका लागि उपयुक्त डिजाइन सहजै छनोट गर्न सक्नेछन् ।
सुन्दर हरैँचा नगरपालिका प्रमुख गुरागाईंले भने, ‘कजारियाजस्ता प्रतिष्ठित ब्रान्डको उपस्थितिले हाम्रो नगरपालिकामा रोजगारी र विकासका अवसर बढाउनेछ । यसले स्थानीय निर्माण मापदण्डलाई उच्च बनाउने र गुणस्तरीय उत्पादन सजिलै उपलब्ध गराउने अवसर प्रदान गर्नेछ ।’त्यसैगरी, बेलबारी नगरपालिकाका प्रमुख राईले कजारियाजस्ता अन्तर्राष्ट्रियस्तरका विश्वसनीय ब्रान्डको उपस्थितिले आधुनिक निर्माण आवश्यकता पूरा गर्न मद्दत गर्ने बताए । कजारियाले स्वदेशमै तीन हजारभन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको छ ।हाल कजारियाले नेपालभर सयभन्दा बढी सोरुमको सशक्त सञ्जाल विस्तार गरिसकेको छ ।