एनसेलले ल्यायो ‘सिग्नेचर प्लान’

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण

 एनसेल बिजनेसले सिग्नेचर प्लान सार्वजनिक गरेको छ । एनसेलले डिजिटल प्रिभिलेज कार्ड प्लाटफर्म दामी एक्सपिरियन्ससँगको साझेदारीमा चार सयभन्दा बढी आउटलेटमा प्राप्त गर्न सकिने विशेष अफर सार्वजनिक गरेको हो । यससम्बन्धी सम्झौतापत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोले र दामी एक्सपिरियन्सका प्रमुख कार्यकारी अधिकृत विजेन्द्र कुँवरले हस्ताक्षर गरेका छन् । 

साझेदारीअन्तर्गत प्रोफेसनल वा प्रिमियम एनसेल सिग्नेचर योजनामा आबद्ध ग्राहकले विभिन्न रेस्टुरेन्ट, स्पा, व्यायामशाला र मनोरञ्जन गतिविधिमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यो अफर व्यावसायिक नेटवर्किङ अनि स्वस्थ जीवनशैली निर्वाहमा सहयोग गर्ने गरी तयार पारिएको बताइएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने, ‘यो साझेदारीले नेतृत्वदायी भूमिकामा रहेका हाम्रा ग्राहकलक्षित सिग्नेचर प्लानलाई अझ बढी विशेष बनाएको छ । प्रिमियम अनुभूति अनि जीवनशैलीसँग जोडिने सुविधासहित हाम्रो सिग्नेचर प्लानले गुणस्तरीय, सुरक्षित र विश्वस्तरीय सञ्चार सुविधाका साथ सफलता प्राप्त गर्न सहयोग गर्छ ।’

दामी एक्सपिरियन्सले एनसेल सिग्नेचर प्लान प्रयोगकर्तालाई विशेष छुट प्राप्त गर्न र उपभोग गर्न सहयोग गर्नेछ, जसले उनीहरूलाई कम खर्चमा बढी लाभ प्राप्त गर्न मद्दत गर्छ । यस साझेदारीअन्तर्गत प्रयोगकर्ताले हेयर एन्ड शान्तिमा कपाल काट्दा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् । त्यस्तै, दुसित प्रिन्सेस होटेलमा २० प्रतिशत अनि विभिन्न व्यायामशालामा ४० प्रतिशतसम्म छुटलगायतका धेरै रोमाञ्चक अफर एनसेलका सिग्नेचर प्लान प्रयोगकर्ताले प्राप्त गर्न सक्नेछन् ।

कुनै झन्झटविना, एनसेल सिग्नेचर प्लान प्रयोगकर्ताले एनसेल एपमा रहेको दामी एक्सपिरियन्समा ट्याप गरेर यी अफरको फाइदा लिन सक्नेछन् । सरल प्रक्रिया पूरा गरेर एनसेल एपभित्रै रहेको डिजिटल भिआइपी कार्ड सक्रिय बनाएपछि ग्राहकले त्यहाँ सूचीकृत विभिन्न पार्टनर ब्रान्डबाट विविध लाभ लिन सक्ने बताइएको छ । 

सुझावित समाचार