मध्यपूर्वको विकसित घटनाक्रमप्रति नेपालको चिन्ता, संयम र संवादमार्फत समाधानको आह्वान

सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्न आग्रह

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

नेपालले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका पछिल्ला घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले उक्त क्षेत्रको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ।

मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसंघको बडापत्र तथा अन्तर्राष्ट्रिय कानुनअनुसार सबै राष्ट्रहरूको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गरिनुपर्ने धारणा व्यक्त गरेको छ। नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको संरक्षणसम्बन्धी जिम्मेवारीलाई सुदृढ रूपमा पालना गरिनुपर्नेमा पनि नेपालले जोड दिएको छ।

नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन, थप तनाव बढाउने गतिविधिबाट टाढा रहन तथा सर्वसाधारण नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ। साथै, मतभेद तथा विवादहरू कूटनीति र संवादमार्फत समाधान गर्नुपर्नेमा नेपालले जोड दिएको छ।

सुझावित समाचार