आन्दोलनको क्षतिपछि पोखराको एनसेल सेन्टर पुन: सञ्चालनमा

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

पोखराको सिर्जना चोकमा रहेको एनसेल सेन्टर पुन: सञ्चालनमा आएको छ । जेन–जी आन्दोलनका क्रममा तोडफोडबाट क्षति पुगेपछि यो एनसेल सेन्टर बन्द थियो । मर्मत–सम्भारपश्चात् पुन: सञ्चालनमा ल्याइएको सेन्टरको बिहीबार एक कार्यक्रमबिच उद्घाटन गरिएको हो । 

एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एचआर अफिसर यमप्रसाद गौतमले एनसेल सेन्टरको उद्घाटन गरेका हुन् । सेन्टरमा क्षति पुगेर बन्द भएपछि कम्पनीले अस्थायी रूपमा ग्राहक सेवा एक तलामाथि रहेको कार्यालयबाट प्रदान गर्दै आएको थियो ।

कम्पनीले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा–सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ सेन्टर पुन: सञ्चालनमा ल्याएको जनाएको छ । यो सेन्टरबाट ग्राहकले सबै ग्राहक सेवा प्राप्त गर्न सक्नेछन् ।

पोखरा एनसेल सेन्टरको पुन: सञ्चालनले ग्राहकलाई स्थानीय रूपमा विश्वस्तरीय सेवा प्रदान गर्न कम्पनी सधैँ प्रतिबद्ध रहेको पुष्टि गर्ने एनसेलको दाबी छ । ग्राहक सेवालाई अझ सहज र गुणस्तरीय बनाउन एनसेलले देशका विभिन्न भागमा ३१ वटा एनसेल सेन्टर सञ्चालन गर्दै आएको छ ।

See More On

सुझावित समाचार