तीन दिन रेल सेवा बन्द

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

नेपाल रेलवे कम्पनी लिमिटेडले आसन्न निर्वाचनलाई लक्षित गर्दै जनकपुर–जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन दिन बन्द गर्ने भएको छ ।  

निर्वाचनमा शान्ति–सुरक्षा प्रत्याभूति गर्ने उद्देश्यले १९ फागुनदेखि २१ फागुनसम्म भंगाहा–जनकपुर–जयनगर खण्डमा सञ्चालित रेल सेवा बन्द रहने कम्पनीले जनाएको छ ।

यसैबिच जिल्ला प्रशासन कार्यालय धनुषाले निर्वाचनलाई लक्षित गर्दै १८ देखि २१ फागुन राति १२ बजेसम्म जिल्लाका सम्पूर्ण सीमानाका बन्द रहने जनाएको छ ।

सुझावित समाचार