यसपालि घरबाहिर होली नखेल्न जिल्ला प्रशासनको आग्रह

शनिबार, १६ फागुन, २०८२
डिजिटल संस्करण

रंगहरुको पर्व फागु पूर्णिमा होली पर्व नेपाली समुदायले विगत देखि धुमधामसँग मनाउँदै आएपनि यो वर्ष निर्वाचनको कारण घरैमा मनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय संखुवासभाले शुक्रबार सूचना जारी गर्दै यो वर्ष प्रतिनिधिसभाको निर्वाचन २१ गते रहेको र  राजनीतिक दलका चुनावी प्रचारप्रसारको कार्यक्रम भएकाे हुँदा चुनावी गतिविधिलाई मध्यनजर गर्दै सौहार्दपूर्ण ढंगले घरैमा  रमाइलो गरी मनाउन आग्रह गरेको हो ।

सार्वजनिकस्थल र सडकलाई असर नगर्ने गरि सार्वजनिक कार्यक्रम, विवाह, व्रतबन्ध लगायतका ठूला कार्यक्रमहरु नगर्न समेत संखुवासभालाई संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले सार्वजनिक सूचना मार्फत अनुरोध गरेकी छिन् । 

 विगतका वर्षहरुमा होलीको अवसरमा ठूला ठूला सार्वजनिक कार्यक्रम, सांगितिक कार्यक्रम र बजारभरी रंग खेल्ने गरेका थिए । ति सबै कार्यक्रमहरु यो वर्ष नगर्न प्रशासनले आग्रह गरेको छ हाे । 
 

See More On

सुझावित समाचार