रास्वपा काठमाडौं उपत्यकामा प्रचारमा व्यस्त

शनिबार, १६ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यति वेला काठमाडौं उपत्यकाकेन्द्रित चुनावी प्रचार–प्रसारमा सक्रिय रूपमा जुटेको छ। पार्टीले आज काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा र्याली, भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको जनाएको छ।

आज बिहान ६:०० बजे पशुपतिनाथ मन्दिर क्षेत्रबाट सुरु भएको प्रचार कार्यक्रम दिनभर उपत्यकाका मुख्य चोक तथा बस्तीहरू परिक्रमा गर्दै अघि बढेको थियो। कार्यक्रममा पार्टीका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र साहसहित केन्द्रीय तथा स्थानीय तहका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।

र्यालीका क्रममा नेताहरूले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको नीति, योजना र प्राथमिकताबारे जानकारी गराएका थिए। सुशासन, पारदर्शिता र जनउत्तरदायी नेतृत्वलाई मुख्य एजेन्डा बनाउँदै अघि बढेको रास्वपाले उपत्यकामा आफ्नो पकड मजबुत बनाउने लक्ष्य लिएको बताइएको छ।

दिनभर सञ्चालन भएको कार्यक्रम साँझ ६:०० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर समापन हुने पार्टीले जनाएको छ। प्रचार अभियानलाई आगामी दिनहरूमा अझ सशक्त बनाउने तयारी गरिएकोसमेत जानकारी दिइएको छ।

सुझावित समाचार