‘वित्तीय स्थिरता सुदृढ बनाउन मौद्रिक नीति सहयोगी’

शनिबार, १६ फागुन, २०८२
डिजिटल संस्करण

नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले गरेको व्यवस्थाले वित्तीय स्थिरतलाई सुदृढ बनाउने भन्दै स्वागत गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत गरेका व्यवस्थाले कर्जा तथा लगानी विस्तारलाई सघाउने सिबिफिनको ठहर छ ।

‘राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीतिको दोस्रो त्रैमासिक अर्थात् अर्धवार्षिक समीक्षामार्फत अवलम्बन गरिएका सावधानीपूर्ण, मापनयोग्य तथा स्थिरतामुखी दृष्टिकोण र नीतिगत कदम स्वागतयोग्य भएको सिबिफिनले ठानेको छ,’ सिबिफिनको विज्ञप्तिमा उल्लेख छ, ‘मूल नीतिगत मापदण्डलाई यथावत् राख्दै पछिल्लो परिवेशअनुसारका लक्षित संरचनात्मक सुधारका कदम अघि बढाइनुले वित्तीय स्थिरतालाई थप सुदृढ र सबल बनाउने संकेत गरेको छ ।’

समीक्षामा क्षेत्रगत कर्जाको दायरा विस्तारसहित लघु, घरेलु तथा साना उद्यम कर्जा विस्तारलाई प्रोत्साहन, लक्षित पुनर्संरचना सुविधा तथा विदेशी विनिमय जोखिममा सीमा वृद्धि, कालोसूची व्यवस्थामा लचकताजस्ता उदार व्यवस्थाहरूले संकुचित बनिरहेको कर्जा तथा लगानी विस्तारलाई सहजता प्रदान गर्ने सिबिफिनको निष्कर्ष छ । यसले उत्पादनमूलक, निर्यातमूलक एवं रोजगारमूलक क्षेत्रमा लगानी विस्तार गर्न, आर्थिक क्रियाकलापलाई बढावा दिन, वित्तीय बजार विकास गर्न तथा बैंकिङ क्षेत्रको क्रमिक आधुनिकीकरण गर्न सहयोगी सिद्ध हुने अपेक्षा गरिएको छ ।

See More On

सुझावित समाचार