एसबिआई बैंकले दियो मधेशका विद्यालयलाई शैक्षिक सामग्री

शुक्रबार, १५ फागुन, २०८२
डिजिटल संस्करण

नेपाल एसबिआई बैंकले मधेश प्रदेशमा सामाजिक उत्तरदायित्वकार्यक्रमअन्तर्गत विभिन्न विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले बाराको जितपुरसिमरास्थित आदर्श आधारभूत विद्यालय, सर्लाहीको हरिवनस्थित जनता प्राथमिक विद्यालय, सप्तरीको राजगढ र राजविराजस्थित जनता माध्यमिक विद्यालय, बेल्ही चपेना तथा बौद्घिक अपांगता विद्यालय र रौतहटको चन्द्रपुरस्थित दलित जनजागरण आधारभूत विद्यालयलाई सहयोग गरेको हो । 

बैंककले विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यसहित ह्वाइट बोर्ड, कुर्सी, स्टिल दराज, अफिस टेबुल, विद्यालय पोसाक, स्कुल ब्याग र अन्य शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेको जनाएको छ ।

यस किसिमको पहलले विद्यालयको शैक्षिक वातावरण प्रभावकारी हुनुका साथै विद्यार्थीको पठनपाठनमा थप सहजता ल्याउने बैंकले विश्वास लिएको छ । यस कार्यक्रमबाट गरिब तथा विपन्नवर्गका आठ सयभन्दा बढी विद्यार्थी लाभान्वित भएको बैंकको भनाइ छ । 

सुझावित समाचार