निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र त्रासरहित बनाउन गृह मन्त्रालयलाई सातबुँदे निर्देशन दिएको छ।
आयोगले उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकपछि सुरक्षा योजनाको पुनरावलोकन गरी आवश्यक व्यवस्थापन गर्न आग्रह गरेको हो। फागुन १८ गते राति १२ बजेदेखि लागू हुने प्रचारप्रसार निषेध अवधिमा आचारसंहिता पूर्ण पालना गराउन प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिन भनिएको छ।
त्यसैगरी, निषेधित गतिविधि रोक्न र उल्लंघन भए तत्काल कारबाही गर्न तथा मतदानका दिनभन्दा सात दिनअघिदेखि अन्तिम मतपरिणाम सार्वजनिक नभएसम्म मदिरा बिक्री–वितरण तथा सेवन नियन्त्रण गर्न पनि मन्त्रालयलाई आग्रह गरिएको आयोगले जनाएको छ।
