मकवानपुर क्षेत्र नम्बर २ मा आम जनता पार्टी (आजपा)का उम्मेदवार सूर्य राई नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। मनहरी गाउँपालिका– ६ मा आयोजित चुनावी सभामा राईलाई कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीमा स्वागत गरेका हुन्।
कार्यक्रममा उम्मेदवार राईसँगै विभिन्न पार्टी परित्याग गरी ८६ जना नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका मनहरी गाउँपालिकाका सभापति प्रकाश बर्तौलाले बताए। आजपा परित्याग गरी कांग्रेस प्रवेश गरेका उम्मेदवार राईले कांग्रेसका उम्मेदवार बुद्ध लामालाई समर्थन गरेका छन्।
राईले कांग्रेसले पछिल्लो समय अवलम्बन गरेको बाटोले मात्रै देशमा विकास र स्थिरता आउने भएकाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर कांग्रेस उम्मेदवार लामालाई समर्थन गरेको बताए।