नेप्से १० अंकले बढ्यो, साढे चार अर्बको सेयर कारोबार

बुधबार, १३ फागुन, २०८२
डिजिटल संस्करण

बुधबार नेप्से परिसूचक १०.३० अंकले बढेको छ। नेप्से ०.३९ प्रतिशतले बढेर दुई हजार ६४८.९० विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.२६ प्रतिशतले वृद्धि भएको छ।

आज ३३३ कम्पनीका एक करोड चार लाख ५६ हजार कित्ता सेयर चार अर्ब ४५ करोड ११ लाख ४९ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। मंगलबार चार अर्ब सात करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ मध्ये आज वित्त, म्युचल फन्ड र व्यापार समूह ओरालो लागेका छन्। यी तीन समूह एक प्रतिशतभन्दा कमले घटेका हुन्। बाँकी समूह उकालो लाग्दा सर्वाधिक वृद्धि जीवन बिमा समूहमा (१.७९ प्रतिशत) देखिएको छ।

बजार बढेसँगै आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स १० प्रतिशतले बढेका हुन्। यसैगरी, विन नेपाल लघुवित्त र सुपर माई हाइड्रो नौ प्रतिशतभन्दा धेरैले बढेका छन्।

सर्वाधिक गुमाउनेमा हिमालयन पावर पार्टनरका लगानीकर्ता छन् । सो कम्पनीको सेयर मूल्य ५.९८ प्रतिशतले घटेको छ।
 

सुझावित समाचार