प्रविधि कम्पनी साओमीले नेपालगन्ज र भैरहवामा आफ्ना आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले नेपालगन्जको सेतु विके चोकमा र दाङको घोराहीस्थित तुलसीपुर चोकमा सर्भिस सेन्टर उद्घाटन गर्दै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ । यो सुविधाकेन्द्र साओमी प्रयोगकर्तालाई थप सेवा–सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको कम्पनीले जनाएको छ ।
दुवै सर्भिस सेन्टरमा एक महिनासम्म स्थानीय ग्राहकले विशेष सुविधा प्राप्त गर्न सक्नेछन् । यस अवधिमा ग्राहकले सबै उपकरणको निःशुल्क सर्भिसिङ र सफ्टवेयर अपग्रेड, वारेन्टीबाहिर रहेका स्पेयर पाट्र्स र मर्मत सेवामा २५ प्रतिशतसम्म छुट पाउनेछन् । साथै, वारेन्टीबाहिरका स्पेयर पार्ट्समा कुनै सर्भिस शुल्क नलाग्ने पनि बताइएको छ ।
नयाँ सर्भिस सेन्टरमार्फत साओमीका स्मार्टफोन, वेयरेबल्सअन्तर्गत स्मार्टवाच र फिटनेस ब्यान्डका साथै हियरेबल्सअन्तर्गत इयरफोन–हेडफोन तथा आइओटी उपकरणको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ । सर्भिस सेन्टरले साओमीका वास्तविक (जेन्युइन) स्पेयर पार्टस् उपलब्ध गराउनुका साथै ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्ने बताइएको छ ।
यी दुवै सर्भिस सेन्टरमा दक्ष प्राविधिक रहनेछन्, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्मका सेवा आधिकारिक मापदण्डअनुसार उपलब्ध गराउनेछन् । साओमी प्रयोकर्ताले तत्काल सर्भिस र सल्लाहका लागि यी स्थानमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । यो सर्भिस सेन्टरको सञ्चालन टेलिडाइरेक्ट प्रालिले गर्नेछ । टेलिडाइरेक्ट रमेश कर्पअन्तर्गतको कम्पनी हो । यसले नेपालभर साओमी ब्रान्डका लागि आधिकारिक सर्भिस र ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।