एनआइसी एसियाका ग्राहकलाई अपोलो हस्पिटलमा १० प्रतिशतसम्म छुट

बुधबार, १३ फागुन, २०८२
डिजिटल संस्करण

 एनआइसी एसिया बैंकका ग्राहकले इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो हस्पिटल), नयाँदिल्लीमा उपचार गराउँदा १० प्रतिशतसम्मको छुट पाउने भएका छन् । छुट सम्झौताबारे बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत राजेश रावल र इन्द्रप्रस्थ मेडिकलका प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका छन् । 

बैंकका अनुसार उक्त हस्पिटलमा इन–प्यासेन्ट रुम चार्ज, प्रिभेन्टिभ हेल्थ चेक प्याकेज तथा एटेन्डिज हेल्थ चेकअप सेवामा १० प्रतिशतका साथै आउट प्यासेन्ट इन्भेस्टिगेसनमा पाँच प्रतिशत छुट हुनेछ । त्यस्तै, कम्प्लिमेन्ट्री रजिस्ट्रेसन शुल्क र एक्सेस टु इन्टरनेसनल प्यासेन्ट लाउन्जजस्ता सुविधासमेत उपलब्ध हुने बताइएको छ । 

यसैगरी, काठमाडौंस्थित अपोलो इन्फर्मेसन सेन्टरमार्फत अपोइन्टमेन्ट लिने बैंकका ग्राहकलाई नयाँदिल्लीको एयरपोर्टबाट होटेल–हस्पिटलसम्म यातायातको थप सुविधासमेत उपलब्ध हुने बैंकले जनाएको छ ।उक्त सुविधा उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ । 

उक्त हस्पिटलसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावलाई स्वास्थ्य उपचारमा सहुलियत हुने बैंकले विश्वास लिएको छ ।

सुझावित समाचार