मौद्रिक नीतिको ‘मिड-टर्म रिभ्यु’ आजै आउन सक्ने, सञ्चालक समिति साँझ ५:३० बजे बस्दै

मंगलबार, १२ फागुन, २०८२
डिजिटल संस्करण

चालू आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गर्ने तयारीस्वरूप नेपाल राष्ट्र बैंकले आज साँझ सञ्चालक समिति बैठक बोलाएको छ। गभर्नर विश्वनाथ पौडेलले साँझ साढे पाँच बजेका लागि बैठक आह्वान गरेको एक सञ्चालकले जानकारी दिए।

 अर्धवार्षिक समीक्षामार्फत नीतिगत समायोजन हुन सक्ने अपेक्षा गरिएको छ।

हाल बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर न्यूनतम तहमा झरेको छ। तर, अपेक्षित रूपमा कर्जाको माग विस्तार हुन सकेको छैन। निजी क्षेत्र लगानी विस्तारमा सावधानी अपनाइरहेको छ भने उपभोक्ता माग पनि पूर्ण रूपमा सुधार हुन सकेको छैन। यही सन्दर्भमा अर्धवार्षिक समीक्षाले कर्जाको प्रवाह बढाउने, लगानीलाई उत्प्रेरित गर्ने वा तरलता व्यवस्थापनमा थप लचकता ल्याउने  अपेक्षा सरोकारवालामा देखिएको छ।
 

सुझावित समाचार