अपर लोहोरे खोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । यस कम्पनीको धितोपत्र निष्कासक तथा बिक्री प्रबन्धक कार्यका लागि एनआइसी एसिया क्यापिटललाई नियुक्त गरिएको छ ।
नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सदिच्छा कार्की र एनआइसी एसिया क्यापिटलका सिइओ रामेन्द्र रायमाझीले हस्ताक्षर गरे । हाइड्रोपावरले ५० करोड ९८ लाख चार हजार रुपैयाँबराबरले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका १ः१.५ अुनपातमा ७६ लाख ४७ हजार ६० कित्ता निष्कासन गर्नेछ ।
एनआइसीले निष्कासन तथा बिक्री प्रबन्धक सेवाअन्तर्गत हालसम्म सामूहिक लगानी कोष तथा डिबेन्चरसहित २० वटा कम्पनीको धितोपत्र निष्कासन गरिसकेको छ ।