टायल ब्रान्ड कजारियाले इटापाको, सल्लाघारी, भक्तपुरमा आफ्नो नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । पिएनएस ट्रेडर्स एन्ड सप्लायर्सद्वारा सञ्चालन गरिएको सोरुम शनिबारदेखि औपचारिक सुरुवात गरिएको हो । सोरुम उद्घाटनमा कजारियाका प्रतिनिधि, भक्तपुर तथा आसपासका ग्राहकलाई मिस वल्र्ड नेपाल २०२४, आश्मा केसीलगायतको उपस्थिति थियो ।
‘कजारियाले सधैँ उत्कृष्टता प्रदान गर्ने विश्वास राख्छ । यो नयाँ सल्लाघारी सोरुममार्फत हामी हाम्रा उत्कृष्ट टाइलको दायरा ग्राहकसम्म अझ नजिक पुर्याउँदै छौँ,’ कम्पनीको भनाइ छ । उक्त सोरुममा कजारियाका प्रिमियम टाइला प्रदर्शित गरिएको छ । यसले ग्राहकलाई सहज पहुँच, सुविधा तथा विभिन्न इन्टेरियर आवश्यकताअनुसार छानिएको उत्पादक प्रदर्शन उपलब्ध गराउने कम्पनीको दाबी छ ।
कजारिया रमेश टाइल्सले स्वदेशमै अन्तर्राष्ट्रिय गुणस्तरका तीन हजारभन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको छ । हाल कजारियाले नेपालभर एक सयभन्दा बढी सोरुम सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनमा ग्लेज्ड भिट्रिफाइड, हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड तथा सेरामिक वाल टायल रहेका छन् ।