रवि लामिछाने मंगलबार झापा जाने

मंगलबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंगलबार झापा जाने भएका छन्। प्रधानमन्त्रीका समेत उम्मेदवार रहेका पार्टीका वरिष्ठ नेता बालेन शाहलगायत पार्टीका उम्मेदवारको चुनावी प्रचार कार्यक्रममा भाग लिन उनी झापा जान लागेका हुन्। 

लामिछाने मंगलबार बिहान ८ बजे चन्द्रगढी, पौने ९ मा काँकडभिट्टा, ९ बजे धुलाबारीरोड, साढे नौ बजे बिर्तामोड, १०ः२० मा सुरुंगा चोक हुँदै ११ बजे दमक पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। 

मंगलबार नै रास्वपाले इटहरीमा चुनावी सभा राखेको छ। जहाँ रवि र बालेन दुवै सहभागी हुनेछन्। 

सुझावित समाचार