सानिमा रिलायन्सको ‘मिट द च्याम्पियन’

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

 सानिमा रिलायन्स लाइफ लिमिटेडले ‘मिट द च्याम्पियन’ कार्यक्रम आयोजन गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको अर्धवार्षिक व्यावसायिक समीक्षाको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा बाँकी रहेको समयको व्यावसायिक रणनीति सम्बन्धमा छलफल गर्न यो कार्यक्रम गरेको बताइएको छ ।

कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृत, प्रदेश प्रमुख, विभागीय प्रमुख, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजरहरू तथा उत्कृष्ट शाखा प्रबन्धकहरूको सहभागिता थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनी अध्यक्ष केडियाले स्पष्ट लक्ष्य निर्धारण, प्रभावकारी रणनीति निर्माण तथा अनुशासित कार्यान्वयनमार्फत कम्पनीलाई सफलताको शिखरतर्फ अग्रसर गराउन सकिने उल्लेख गरे । चुनौतीपूर्ण आर्थिक अवस्था तथा मर्जरपछिको परिवेशका बाबजुद पनि एकता, सामञ्जस्यता र प्रतिबद्धताका साथ कार्य गर्दा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरे । सिइओ पाण्डेले कम्पनीको तथ्यांक तथा प्रगति विवरण प्रस्तुत गरेका थिए ।  

कार्यक्रममा आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्म विभिन्न विधामा उत्कृष्ट कार्य तथा लक्ष्य हासिल गरेका क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर शाखा, उपशाखा प्रमुखहरूलाई सम्मानित गरिएको थियो । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृतले उपलब्ध स्रोत, साधन, ज्ञान, सिप र उत्कृष्ट ग्राहक सेवामार्फत कम्पनीको ग्राहक संख्या विस्तार गरिने योजना रहेको बताए । 

सुझावित समाचार