‘स्रोत अभावले औद्योगिक क्षेत्र निर्माणमा विलम्ब’

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

 नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले सरकारले बजेटमा स्रोतको सुनिश्चित नगरीकन काम सुरु गर्दा अगाडि सारिएका आयोजनाले गति लिन नसकेको बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको ७३औँ स्थापना संघको स्थापना दिवसका अवसरमा बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले मोतीपुर औद्योगिक क्षेत्र निर्माणमा विलम्ब हुनुको कारण पनि त्यही नै भएको बताए ।

बुटवल उद्योग वाणिज्य संघको ७३औँ स्थापना दिवसमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । संघले स्थापना दिवस मनाउने क्रममा पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौललाई सम्मान गरेको छ भने विभिन्न विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । आइतबार संघमा आयोजना गरिएको कार्यक्रममा पूर्वअध्यक्ष लाकौललाई सम्मान गरिएको हो । लाकौल ०६१ देखि ०६३ सम्म अध्यक्ष थिए । संघले बुटवलका तीनवटा सामुदायिक विद्यालयमा छात्रवृत्ति अयक्षकोष स्थापना गरेको छ ।

सुझावित समाचार