पोखराबाट काठमाडाैं जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो, १७ जनाको मृत्यु

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण
पोखराबाट काठमाडाैं जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो, १७ जनाको मृत्यु

तस्बिर :अर्जुन श्रेष्ठ/ नयाँ पत्रिका

पोखराबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडाैं जाँदै गरेको ग.२ख १४२१ नम्बरको बस त्रिशूली नदीमा खसेको हो। पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका– ५ भैँसीगौँडा भन्ने स्थानबाट बस सोमबार बिहान करिब १:२५ बजेको समयमा त्रिशूली नदीमा खसेको हो ।

प्रहरीका अनुसार बसमा सवार १७ जनाको घटनास्थलमा मृत्यु भएको हो । मृतकमध्ये तीनजना महिला र १४ जना पुरुष रहेका छन्। उनीहरूको सनाखत गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । बसमा सवार अन्य २४ जना घाइते भएका छन् । घाइतेहरूलाई घटनास्थलबाट उद्धारपछि उपचारका लागि अस्पताल लगिएको छ । दुर्घटनालगत्तै पुगेको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयलगायत उद्धारका लागि खटिएका छन् ।

दुर्घटना के कारणले भयो त्यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । दुर्घटना अप्ठ्यारो, राति र  चिसोका कारण उद्धारमा केही कठिनाइ भएको बताइएको छ ।

सुझावित समाचार