सेन्ट–बीबाट नेपाल रेमिट्यान्स पठाउँदा दुईतर्फी हवाई टिकट जित्न सकिने योजना आएको छ । कुमारी बैंकले ल्याएको यो योजनामा दक्षिण कोरियाबाट रेमिट्यान्स पठाउँदा भाग्यशाली एकजनाले कोरिया–नेपालको दुईतर्फी हवाई टिकट प्राप्त गर्नेछन् ।
दक्षिण कोरियामा रहेका नेपालीले योजनामा सहभागी हुन १० हजार वा सोभन्दा बढी रकम नेपाल पठाउनुपर्नेछ । ‘मायाका साथ पठाऔँ, खुसीका पखेटा लिएर उडौँ’ नारासहित ल्याइएको यो योजना २८ फेब्रुअरीसम्म चल्ने बताइएको छ ।