यामाहाले मनायो ‘मायासँग मायाको यात्रा’ उत्सव

आइतबार, १० फागुन, २०८२
डिजिटल संस्करण

 यामाहा नेपालले भ्यालेन्टाइन सप्ताह अभियान ‘मायासँग मायाको यात्रा’मार्फत उत्सव मनाएको छ । यस अभियानले प्रेमको भावनालाई उत्सवका रूपमा मनाउँदै यामाहाको ग्राहककेन्द्रित सोच र देशव्यापी उपस्थितिलाई बलियो बनाएको कम्पनीको दाबी छ । 

कम्पनीले भ्यालेन्टाइन सप्ताहका दौरान नयाँ यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकलाई यामाहाको तर्फबाट ‘कस्टमाइज्ड’ चकलेट प्रदान गरिएको थियो । साथै, सोरुमहरूमा भ्यालेन्टाइन थिमका कार्यक्रम आयोजना गरी ग्राहकलाई विशेष महसुस गराउने प्रयास गरिएको पनि कम्पनीले जनाएको छ । अभियानमा राष्ट्रव्यापी फोटोबुथ प्रतियोगिता सञ्चालनसमेत गरिएको थियो । देशभरबाट प्राप्त फोटोबुथमध्ये प्रत्येक प्रदेशबाट एक–एकजना विजेता बनेका थिए । 

प्रदेशगत विजेतामा बागमतीका विशाल माझी, कोशीकी चन्दा श्रेष्ठ बस्नेत, मधेशकी सीताकुमारी तामाङ, लुम्बिनीका अब्दुल अजिज खान पठान, सुदूरपश्चिम सालिभान बोहरा, कर्णालीकी अनिता रास्कोटी र गण्डकीका अशोककुमार दर्जी रहेका छन् । यसैगरी, कुमारीपाटीका देवराज स्याङ्बोले ग्रान्ड प्राइज जितेको कम्पनीले जनाएको छ । 

एमएडब्लू राइड्स प्रालिअन्तर्गत सञ्चालित यामाहा नेपाल इनोभेसन, उत्कृष्ट प्रदर्शन र भरपर्दोपनको क्षेत्रमा अग्रणी ब्रान्ड हो । कम्पनीले नेपाली ग्राहकलाई जापानी प्रविधि र आकर्षक डिजाइनको संयोजन भएका विश्वस्तरीय दुईपांग्र्रे सवारीसाधन उपलब्ध गराउँदै आएको छ । 

See More On

सुझावित समाचार