मकालुमा खुकुरी प्रहार गरी घाइते

शुक्रबार, ८ फागुन, २०८२
डिजिटल संस्करण

संखुवासभाको मकालुमा दुई महिलाबिच भएकाे घरायसी विवादमा खुकुरी प्रहार हुँदा एकजना घाइते भएकी छिन् । जिल्लाकाे मकालु गाउँपालिका- ५ बस्ने वर्ष ३६ की छेकी शेर्पा र  साेही ठाउँका अर्की महिला वर्ष ३२ की सन्ध्या शेर्पाबिच सामान्य घरायसी विषयमा विवाद हुँदा छेकीले कम्मरमा बाेकेकाे खुकुरी झिकी प्रहार गरी सन्ध्यालाई घाइते बनाएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ ।

प्रहरीका अनुसार शुक्रबार (आज) दिउँसाे पाैने ५ बजेकाे समयमा दुई महिलाबिच विवाद र झगडा भएकाे थियो ।

छेकीले सन्ध्यालाई खुकुरी प्रहार गर्दा सन्ध्याको ढाड, छाती र मुखमा चोट लागेर घाइते भएकाी छिन् । घाइते सन्ध्यालाई उपचारका लागि प्राथामिक स्वास्थ्य चौकी नुम ल्याइएकाे छ भने खुकुरी प्रहार गर्ने छेकीलाई खुकुरीसहित नियन्त्रणमा लिई प्रहरी चौकी नुममा राखिएको छ ।

सुझावित समाचार