केन्टका डिलर आइसिसी टी–२० विश्वकप हेर्न मुम्बईमा

शुक्रबार, ८ फागुन, २०८२
डिजिटल संस्करण

 सिजी इलेक्ट्रोनिक्सअन्तर्गत पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओले आफ्ना डिलरलाई विश्वकप हेर्न मुम्बई लगेको छ । कम्पनीले २९ जना डिलरलाई मुम्बईको वानखेडे स्टेडियममा भइरहेको आइसिसी टी–२० विश्वकप हेराउन त्यहाँ लगेको हो ।

कम्पनीका अनुसार डिलरहरूलाई तीन रात, चार दिनको मुम्बई भ्रमण प्याकेज उपलब्ध गराइएको छ । साथै, काठमाडौं–मुम्बई–काठमाडौं दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइँ तथा खानपिनको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ । मुम्बईका प्रमुख पर्यटकीयस्थलको अवलोकन भ्रमण (सिटी टुर) र वानखेडे स्टेडियममा हुने खेलको विशिष्ट टिकट प्याकेज पनि समावेश गरिएको छ । 

सुझावित समाचार