आज सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.५ अंकले घटेर २६४२.१५ विन्दुमा अडिएको हो।
आज कुल ३५४ स्क्रिप्सको दुई करोड पाँच लाख ५९ हजार ५५ कित्ता सेयर आठ अर्ब ३६ करोड ४४ लाख २४ हजार ५५५ रुपैयाँमा खरिद–बिक्री भएको छ। कारोबार रकम उच्च रहे पनि बजार समग्रमा दबाबमा देखिएको छ।
कारोबारमा सहभागी कम्पनीमध्ये ४२ वटा स्टक्सको मूल्य बढ्दा २१४ वटाको मूल्य घटेको छ भने ६ वटाको मूल्य स्थिर रहेको छ। यसले बजारमा बिक्री दबाब बढी रहेको संकेत गरेको छ।
आज दुईवटा कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भयो। रिडी पावर र आँखुखोलाको सेयर सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा रिडी पावर शीर्षस्थानमा रह्यो। उक्त कम्पनीको ५३ करोड ३६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
समग्र बजार घटे पनि केही जलविद्युत् कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ।