नेपाल लाइफको नारी सुरक्षा जीवन बिमा योजना सार्वजनिक

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलोपटक पृथक विशेषतासहित नेपाल लाइफ नारी सुरक्षा जीवन बिमा योजना सार्वजनिक गरेको छ । ‘एकै योजना बहु–लाभ ! सबै नारीका लागि सजिलो पहुँच !’  नाराका साथ सार्वजनिक गरिएको योजना हो ।

महिलाको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षाकेन्द्रित विशेष योजना हो । यस योजनको मुख्य विशेषता भनेको बिमालेखको वार्षिकोत्सवमा बिमांकको आधारमा नगद सुविधा प्रदान गरिनु, वृद्धिशील मृत्यु लाभः मृत्युमा प्रदान गरिने बिमांक रकम हरेक पाँच वर्षमा २५ प्रतिशतले बढ्नु रहेको कम्पनीको दाबी छ । नेपाली जीवन बिमा क्षेत्रमा पहिलोपटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता पूरक करार सुविधासमेत समावेश गरिएको यस योजनाले नारीको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा एकैसाथ प्रदान गरी सुनिश्चित भविष्यको सुरुवात गर्ने जनाइएकाे छ । 

नेपाल लाइफ नारी सुरक्षा जीवन बिमा योजना नारीको जीवनमा सुरक्षा, आत्मनिर्भरता र भविष्यको सुनिश्चिततालाई केन्द्रमा राखी तयार गरिएको विशेष जीवन बिमा योजना हो । समानतासँगै सम्मानपूर्वक जीवनयापन गर्न सकून् भन्ने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलोपटक नारीलक्षित महत्त्वपूर्ण ऐच्छिक सुविधाहरूसहित यो योजना सार्वजनिक गरेको हो । नारी वर्गमा समर्पित यस योजनाले नियमित आम्दानी, आर्थिक सुरक्षा तथा दीर्घकालीन आर्थिक सुनिश्चितता एकैसाथ प्रदान गर्दछ ।

सुझावित समाचार