होटेल इस्टर्नको आइपिओ बिक्री प्रबन्धकमा एनआइसी क्यापिटल

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

होटेल इस्टर्न नेपाल लिमिटेडले प्राथमिक सार्वजनिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । होटेलले आइपिओ निष्कासन गर्न एनआइसी एसिया क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासक एवं बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यी दुवै पक्षबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

एनआइसी क्यापिटलले ‘आइडिया टु आइपिओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापनाकालदेखि आइपिओ जारी गर्ने चरणसम्म पुर्याउन सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ । 

मेचीनगर– १० मा रहेको होटेल इस्टर्न प्रस्तावित पाँचतारे स्तरको हो । यो सञ्चालनका लागि अन्तर्राष्ट्रिय ब्रान्ड होलिडे इन एक्सप्रेस एन्ड स्विट्ससँग सम्झौता भइसकेको छ ।

See More On

सुझावित समाचार