काठमाडौंको भद्रकालीमा तैनाथ ‘निर्वाचन प्रहरी’ । अन्य जिल्लामा दुई दिनअघि नै परिचालन गरिए पनि काठमाडौं उपत्यकाका लागि ‘ड्रेस’ उपलब्ध हुन ढिलाइ भएपछि सोमबारदेखि खटाइएका छन् ।
उनीहरू नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै ‘फिल्ड’मा खटिएका छन् । देशभर एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी भर्ना गरेर खटाइएको छ । जसमध्ये नेपाल प्रहरीसँग एक लाख ३३ हजार ९८० र सशस्त्रसँग १५ हजार ११० निर्वाचन प्रहरी खटिएका छन् ।
उनीहरू नेपाल प्रहरी र सशस्त्रसँगै मतदानस्थल तथा केन्द्रमा सुरक्षाको पहिलो घेरामा खटिनेछन् । देशभर १० हजार ९६७ निर्वाचनस्थल निर्धारण गरेको निर्वाचन आयोगले चार हजार ६१४ निर्वाचनस्थललाई अतिसंवेदनशील मानेको छ ।