भूमिहीन र सुकुमवासी समस्याकाे दीर्घकालीन समाधान गर्ने सभापति लामिछानेको प्रतिबद्धता

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यले कसैलाई पनि भूमिहीन बनाएर राख्न नसक्ने बताएका छन्। चुनावी सभाका क्रममा सोमबार चितवनको आँपटारीमा सम्बोधन गर्दै सभापति लामिछानेले भूमिहीन र सुकुमवासी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

लामिछानेले अब रास्वपाको एकल नेतृत्वमा शक्तिशाली सरकार बनेपछि भूमिहीन समस्या समाधानका लागि एक सशक्त आयोग गठन गरिने बताए। उक्त आयोगमा कुनै पनि दलका प्रतिनिधि नराखी दलबाहिरका विज्ञहरूलाई समावेश गरिने उनको भनाइ थियो।

लामिछानेले भूमिहीन र सुकुमवासीसँग सम्बन्धित समस्या वर्षौँदेखि राजनीतिक रूपमा प्रयोग मात्र हुँदै आएको उल्लेख गर्दै अब स्थायी समाधान आवश्यक रहेको बताए। ‘यो समस्या अब सदाका लागि अन्त्य हुन्छ,’ उनले भने।

लामिछानेले आगामी सरकारले नीतिगत, कानुनी तथा प्रशासनिक सुधारमार्फत वास्तविक भूमिहीनको पहिचान गरी न्यायोचित ढंगले व्यवस्थापन गर्ने स्पष्ट पारे।

सुझावित समाचार