नेपाल बैंक र एभरेस्ट हस्पिटलबिच सम्झौता

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक, बैंकमा कार्यरत कर्मचारी र कर्मचारीका परिवारले नयाँ बानेश्वरमा रहेको एभरेस्ट हस्पिटल प्रालिमा उपचार गर्दा विशेष छुट पाउने भएका छन्।

माघ २९ गते भएको सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक, बैंकका कर्मचारी र कर्मचारीका परिवारलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको पाँचदेखि २० प्रतिशतसम्म छुट हुनेछ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्रराज काफ्ले तथा एभरेस्ट हस्पिटलका तर्फबाट सञ्चालक समितिका सदस्य शैलेन्द्र महासेठले हस्ताक्षर गरेका हुन्।

सुझावित समाचार