सुगम पोखरेलको ‘बेहाल’ सार्वजनिक

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

गायक सुगम पोखरेलको नयाँ गीत ‘बेहाल’ सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमबिच विभिन्न श्रष्टा सर्जकहरूले म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।

प्रेमभाव बोकेको गीतमा डा. देवेन्द्र प्रधानको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र सुगम पोखरेल र रिता केसीको स्वर रहेको छ। विषम आचार्यको एरेन्जमेन्ट रहेको गीतमा किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ।

गीतको भिडियोलाई केशवराज भट्टले निर्देशन गरेका हुन्। अभिषेक श्रेष्ठ र श्रीतिका श्रेष्ठको अभिनय रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन र डिन्सन शाहको सम्पादन रहेको छ।

सुझावित समाचार