एसियन स्मार्ट एग्रोको विशेष साधारणसभा

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडले विशेष साधारणसभा गरेको छ । कम्पनीका अध्यक्ष प्रवीणकुमार लामाको अध्यक्षतामा संस्थाको केन्द्रीय कार्यालय लहान, सिराहामा सभा गरिएको हो । सभामा सञ्चालक चन्द्रमोहन स्याङ्वाले उपस्थित सञ्चालक र सम्पूर्ण सेयरधनी महानुभावलाई स्वागत गरेका थिए । 

साधारणसभाका विशेष प्रस्तावमा कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गरी अधिकृत पुँजी  ५० करोड र जारी पुँजी ३५ करोड पुर्याउने प्रस्ताव पारित भएको छ । त्यस्तै, सेयर पुँजीका आधारमा प्रबन्धपत्र संशोधन गर्ने, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका निर्णय भए ।

सुझावित समाचार