सुपर खुदी हाइड्रोपावरको आइपिओ बिक्री मंगलबारदेखि

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

 सुपर खुदी हाइड्रोपावर लिमिटेडको सर्वसाधारण सेयर मंगलबारदेखि बिक्री खुला हुने भएको छ । यसअघि कम्पनीले ४ फागुनदेखि आइपिओ निष्कासन गर्ने सूचना प्रकाशन गरेको थियो । तर, अन्य कम्पनीको सेयर निष्कासन तालिकासँग यस कम्पनीको तालिका जुध्न गएपछि सिडिएससीको निर्देशनअनुसार एक दिन मिति पर सारिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ । अब दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री खुलाउन लागेको हो । यसमा कम्पनीले कर्मचारीका लागि ३१ हजार कित्ता छुट्याएर १२ लाख ८६ हजार पाँच सय कित्ता सर्वसाधारणमा निष्कासन गर्नेछ । प्रतिकित्ता एक सय रुपैयाँ तोकिएको यो सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात् ३१ लाख कित्ता आइपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

सुझावित समाचार