नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जनकपुरमा सिइओ क्लब सदस्य बन्न सफल अभिकर्तालाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको मिथिला, जनकपुरमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम गरिएको हो । कार्यक्रममा आर्थिक वर्ष ०८१/८२ मा तोकिएको बिमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य भएका ७७ जना अभिकर्तालाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा विभागीय प्रमुख, प्रदेश प्रमुख एवं मधेश प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागिता थियो । कम्पनीले सिइओ क्लब सदस्य बन्न सफल अभिकर्तालाई सम्मान गरेको हो ।
कम्पनीका सिइओ सुरेशप्रसाद खत्रीले मधेशबाट सिइओ क्लब सदस्य हुन सफल अभिकर्तालाई सदस्यता वितरण तथा सम्मान गरेका थिए । त्यस्तै, नेसनल रत्न र नेसनल स्टार विजेता अभिकर्तालाई पनि सोही कार्यक्रमा कम्पनीको लोगोअंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो ।
यसका साथै सो प्रदेशबाट आफ्नो कोड र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल उत्कृष्ट अभिकर्तालाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । सिइओ खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राखेको बताए । अभिकर्तामैत्री योजना ल्याउने क्रममा वार्षिक रूपमा प्रदेशस्तरीय कार्यक्रम गर्ने गरी सिइओ क्लबको अवधारणा ल्याएको र यस अवधारणाअन्तर्गत सिइओ क्लबमा नेपालभरबाट एक हजार ६ सयजनाभन्दा बढी अभिकर्ता छनोट भएको पनि जानकारी दिए । सो समारोहमा उपस्थित अभिकर्तालाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक कलसैयद अफ्जल अहमदले व्यावसायिक दक्षता अभिवृद्धि गर्ने सम्बन्धमा विभिन्न उदाहरणमार्फत महत्वपूर्ण तालिम प्रदान गरेका थिए ।