तीन बैंकलाई राष्ट्र बैंकको कारबाही

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

 नियामकीय निकायको निर्देशक पालना नगरेको भन्दै नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई कारबाही गरेको हो । 

राष्ट्र बैंकले आफ्नो निर्देशन बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गरेको तथा लिखित आदेश पालन नगरेको भन्दै एनआइसी एसिया बैंकका तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २)५८ (दफा १))(२)(ग)) अनुसार जनही दुई लाख रुपैयाँ नगद जरिवाना गरेको छ । त्यस्तै, मेगा बैंकले कर्जा सुरक्षण नहुने गरी कागजातमा ग्राहकको सहीछाप नलिएको, सुरक्षणभन्दा बढी कर्जा प्रवाह गरेको, एउटै प्रकारका कर्जामा दुई प्रतिशतभन्दा बढी ब्याजदर फरक गरेको र त्रैमासको अन्त्यमा नयाँ अल्पकालीन कर्जा प्रवाह गरी असुलीमा प्रयोग गरेको पाइएपछि सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई ऐनको दफा १)(२)(क) अनुसार सचेत गराइएको छ ।

ग्लोबलमा स्थलगत निरीक्षण प्रतिवेदन २०८२ अनुसार बैंकले कर्जा नोक्सानी व्यवस्था, कर्जा पुनर्तालिकीकरण र पुनर्संरचनासम्बन्धी प्रावधान पूरा नगरेको पाइएको साथै कोर बैंकिङ सफ्टवेयरमा चुक्ता भइसकेको कर्जा पुरानै भ्यालु डेट राखेर सिर्जना गर्न सकिने अवस्था रहेको देखिएपछि बैंकका प्रमुख कार्यकारी अधिकृतलाई ऐनको दफा १))(२)(क) अनुसार सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

सुझावित समाचार