संयुक्त मुक्तकसंग्रह ‘दामली अक्षर’ लोकार्पण

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण

विभिन्न स्रष्टाको संयुक्त मुक्तकसंग्रह ‘दामली अक्षर’ लोकार्पण गरिएको छ। प्रणय दिवसको अवसर पारेर लक्ष्मण थापा, डा. ईश्वरमणि अधिकारी, दीपक समीप र जीवनसागर भण्डारी युक्तका कृतिको उनीहरूका धर्मपत्नीहरू क्रमशः मैयाँ थापा, रीता अधिकारी ऋतु, शर्मिला श्रेष्ठ र मञ्जु भण्डारीले लोकार्पण गरेका हुन्।

शुभकामना दिँदै साहित्यकार सरूभक्तले नेपाली तथा विश्वसाहित्यमा संयुक्त कृति प्रकाशनको परम्परा र इतिहासको समेत चर्चा गर्दै ‘दामली अक्षर’को सफलताको कामना गरे। 

साहित्यकार तीर्थ श्रेष्ठले नेपाली मुक्तक लेखन तथा वाचनमा पोखराको अत्यन्त महत्त्वपूर्ण स्थान रहेको उल्लेख गर्दै त्यसैको विरासतमा उभिएर पोखराका अत्यन्त प्रभावशाली कवि, साहित्यकारहरूको यो सहकार्यले नेपाली मुक्तक र समग्र काव्य तथा साहित्यिक फाँट सिञ्चित हुने विश्वास व्यक्त गरे।

यो कृति शब्दालय, पोखराले सुरुवाती प्रकाशन गरेको हो।

सुझावित समाचार