हरहर महादेव,धर्मो रक्षति रक्षित : बालेन

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण

महाशिवरात्रिको पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले धर्म संरक्षण र सामाजिक सदभावको सन्देश दिएका छन्।

पर्वका अवसरमा उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भगवान् शिवप्रतिको आस्था व्यक्त गर्दै पशुपतिनाथ मन्दिरको तस्बिर सार्वजनिक गरेका हुन्। तस्बिरसँगै उनले लेखेका छन्, ‘हरहर महादेव।। धर्मो रक्षति रक्षितः।’

उनको उक्त सन्देशले धर्मको रक्षा गर्दा नै समाज र राष्ट्रको रक्षा हुने भाव प्रकट गरेको छ। महाशिवरात्रि पर्वमा देशभरका शिवालयहरूमा भक्तजनको उल्लेखनीय भिड देखिएको छ। श्रद्धालुहरूले व्रत, पूजाआजा तथा आराधनाका माध्यमबाट भगवान् शिवको आराधना गरिरहेका छन्।

महाशिवरात्रि हिन्दु धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ। यस दिन विशेषगरी पशुपतिनाथ मन्दिरलगायत देशका प्रमुख शिवालयहरूमा भजन–कीर्तन, आरती तथा धार्मिक अनुष्ठानहरू सम्पन्न हुने गर्दछन्।

सुझावित समाचार