इन्डस्ट्रिज ‘एक्स्पिरियन्स जोन’ सञ्चालन

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण

उद्योग संगठन, मोरङले इन्डस्ट्रिज एक्स्पिरियन्स जोन, बिजनेस इनक्युबेसन सेन्टर र भर्चुअल प्लाटफर्म विराटबजार डटकम सञ्चालनमा ल्याएको छ । नयाँ परियोजनाको उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेत र निर्देशक विष्णुमाया भट्टराईलगायत प्रतिनिधिले निरीक्षणसमेत गरेका छन् ।

परियोजना अवलोकनपछि उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले तीनवटा प्लाटफर्मले व्यावसायिक विकासको इको सिस्टम देखाएको बताएका थिए । उद्योग संगठन, मोरङका अध्यक्ष नन्दकिशोर राठीले स्थायी मञ्चका रूपमा सबै प्लाटफर्म विकास गरेको जानकारी दिए ।

सुझावित समाचार