साताभरमा ३७.६३ अंकले घट्यो नेप्से

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण

साताभरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३७.६३ अंकले घटेको छ । आइतबार १०.२४ अंकले घटेर २६९८.४५ विन्दुमा पुगेको नेप्से लगातार ओरालो लागेर बुधबार २६६२.०९ विन्दुमा पुगेको थियो ।

अन्तिम दिन बिहीबार ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा रोकिएको छ । आइतबार कारोबार ११ अर्ब ५९ करोड कायम रहेकोमा लगातार संकुचनमा गएर बुधबार आठ अर्ब ५३ करोडमा सीमित भएको थियो । बिहीबार बढेर १० अर्ब ९० करोडको कारोबार भएको छ । 

See More On

सुझावित समाचार