क्यानडामाथि युएई पाँच विकेटले विजयी

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण
क्यानडामाथि युएई पाँच विकेटले विजयी

तस्बिर : आइसिसी/गेटी इमेजेज

आइसिसी पुरुष टी–२० विश्वकपमा युएईले पहिलो जित निकालेको छ। पहिलो खेलमा न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको युएईले शुक्रबार क्यानडामाथि पाँच विकेटको  जित निकालेको हो।

दिल्लीमा पहिले ब्याटिङ गरेको क्यानडाले सात विकेटको क्षतिमा १५० रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङ गर्ने क्रममा युएईले पाँच विकेट गुमाएर दुई बलअगावै १५१ रन जोडेको हो।

पहिलो खेलमा साउथ अफ्रिकासँग ५७ रनले पराजित भएको क्यानडाले दोस्रो खेलमा पनि हार व्यहोरेको हो। युएईविरुद्ध क्यानडाका हर्ष थाकरले अर्धशतक बनाए। यसैगरी, नवनीत धलिवाल ३४, श्रेयास मोभ्वा २१ र दिलप्रित बाज्वाले ११ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

युएईका जुनैद सिद्धिकी एक्लैले पाँच विकेट हात पार्दा मोहम्मद जवादुल्लाहले थप एक विकेट लिए।

टोलीलाई पहिलो जित दिलाउने क्रममा युएईका आर्यन्स शर्माले नटआउट ७४ रन बनाए। ५३ बल सामना गरेका उनले ६ चौका र तीन छक्का हिर्काएका हुन्। यसैगरी सोहेब खानले २९ बलमा ५१ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

क्यानडाका साद बिन जफरले तीन तथा कलिम साना र जसकरन सिंहले समान एक विकेट हात पारे।

सुझावित समाचार