‘गरिमा सुवर्ण योजना’ निष्कासन गर्न बोर्डको अनुमति

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘गरिमा सुवर्ण योजना’ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक र गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो खुलामुखी योजना हो । योजनामा विकास बैंक कोष प्रवर्द्धक रहने गरी निष्कासन हुने यो पहिलो खुलामुखी योजना हो । 

यसको एक अर्ब रुपैयाँबराबरको हुने बताइएको छ । क्यापिटलले ५० करोड रुपैयाँबराबरको प्रतिएकाइ १० रुपैयाँका दरले पाँच करोड इकाइ बिक्री गर्नेछ । जसका लागि लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम ५० लाख एकाइसम्म आवेदन दिन पाउनेछन् ।  

सुझावित समाचार