हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार सम्पन्न सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्बन्धित अनुसूची सर्वसम्मतिले पारित गरेको छ ।
यस्तै, सभाले स्वतन्त्र सञ्चालक गोपाल घिमिरे र सञ्चालक दीपक नेपालको नियुक्ति पनि अनुमोदन गरेको छ । त्यस्तै, सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडको गत आवको वित्तीय विवरण अनुमोदन गरेको छ ।
कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा भएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिलकुमार दाहालले सेयरधनीको जिज्ञासाको जवाफ दिँदै कम्पनीलाई आगामी दिनमा अग्रणी कम्पनी बनाउन सेयरधनीको सुझाब मान्ने धारणा राखे ।