राष्ट्रिय मुक्ति पार्टी (रामुपा)का केन्द्रीय उपाध्यक्ष तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार राजीव झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । झालाई आज बुधबार रास्वपाका पार्टी प्रवक्ता तथा धनुषा ३ का उम्मेदवार मनीष झाले पार्टी प्रवेश गराएका हुन् ।
रास्वपामा प्रवेश गर्दै झाले सोही क्षेत्रमा रास्वपाका उम्मेदवार मनीष झालाई समर्थन गर्ने घोषणा गरेका छन्। राजेन्द्र महतो नेतृत्वको रामुपाबाट ‘जाँतो’ चुनाव चिह्न लिएर उम्मेदवारी दिएका झाले अब ‘घन्टी’ चिह्नका उम्मेदवार झालाई समर्थन गरेका छन् ।
केही दिनअघि मात्र रामुपाका केन्द्रीय कार्यकारणी समिति सदस्य सञ्जय सिंह, केन्द्रीय सचिव सञ्जय चौधरीसहित धनुषाका अधिकांश नेताहरूले पार्टी परित्याग गरी जसपमा प्रवेश गरेका थिए ।
झा रास्वपामा प्रवेशसँगै धनुषा ३ को चुनावी समीकरण फेरिएको छ। धनुषा ३ मा ब्राह्मण समुदायबाट हेभी वेटका दुई यी उम्मेदवारहरू मिलेपछि समीकरण फेरिने चर्चा भइरहेको छ ।