उच्चपदस्थलाई धम्क्याउने प्रकाश पाठकलाई फिलिपिन्समा पक्राउ गरी नेपाल ल्याइयो

बुधबार, २९ माघ, २०८२
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलगायतलाई धम्क्याउने प्रकाश पाठकलाई नेपाल प्रहरीले फिलिपिन्समा पक्राउ गरी नेपाल ल्याएको छ। इन्टरपोलको सहयोगमा प्रहरीले उनलाई पक्राउ गरी बुधबार नेपाल ल्याएको हो।

उनले एक्ट्रिफिस्ट ग्रुप अफ नेपालको नाममा विभिन्न व्यक्तिलाई धम्क्याएका थिए। उनी विदेशमा रहेको खुलेपछि प्रहरीले इन्टरपोलमार्फत उनको खोजी गरेको थियो। करिब दुई महिना लामो प्रयासपछि प्रहरीले उनलाई नेपाल ल्याउन सफल भएको हो। उनीविरुद्ध ठगीका मुद्दासमेत रहेको प्रहरी स्रोतले जनाएको छ।
 

सुझावित समाचार