कजारिया टायलले नेपालमा आफ्नो पहुँच विस्तार गर्ने क्रममा लमजुङको बेँसीसहरमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । न्यु आलम मार्बल एन्ड टाइल्सले सञ्चालन गर्ने यो सोरुमको उद्घाटन कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीले गरेका हुन् । यो नयाँ सोरुमले लमजुङ र वरिपरिको क्षेत्रमा बढ्दो टायलको मागलाई सम्बोधन गर्दै ग्राहकलाई आधुनिक र परिष्कृत किनमेल अनुभव प्रदान गर्ने उद्देश्य राखेको बताइएको छ ।
‘कजारिया सदैव उच्च गुणस्तरीय उत्पादन, आधुनिक डिजाइन र भरपर्दो समाधान प्रदान गर्ने उद्देश्यमा प्रतिबद्ध छ,’ तिवारीले भने, ‘बेँसीसहरमा नयाँ सोरुम हाम्रो पहुँच विस्तार गर्ने र लमजुङ तथा वरिपरिका क्षेत्रका ग्राहकसँग हाम्रो विश्वस्तरीय टाइल संग्रह नजिक पुर्याउने महत्वपूर्ण कदम हो ।’
उक्त सोरुममा कजारियाका प्रिमियम टाइल संग्रहको विस्तृत र विचारपूर्वक चयन गरिएको रेन्ज प्रदर्शनीका लागि राखिएको छ । सोरुम घरधनी, वास्तुकार, निर्माणकर्ता र ठेकेदारका लागि टिकाउ, स्टाइलिस र उच्च प्रदर्शन क्षमता भएका टाइल समाधानको मुख्य गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।