करारका इन्जिनियरले पाँच वर्षमा दुई करोड अकुत कमाएको अख्तियारको दाबी

मंगलबार, २८ माघ, २०८२
डिजिटल संस्करण

ललितपुरको गोदावरी नगरपालिकामा कार्यरत करार सेवाका इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । इन्जिनियर सुवास विष्टले करिब पाँच वर्षको अवधिमा एक करोड ९७ लाख लाख १० हजार रुपैयाँ अकुत आर्जन गरेको दाबीसहित आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

उनी १ फागुन ०७६ मा गोदावरी नगरपालिकामा नियुक्त भएका थिए। आयोगले त्यसदेखि १४ साउन ०८१ सम्मको उनको सम्पत्तिको मूल्यांकन गरेको थियो। यो अवधिमा उनीसँग तीन करोड २४ लाखबराबरको सम्पत्ति भेटिएको र त्यसमध्ये एक करोड ९७ लाख रुपैयाँबराबरको सम्पत्ति उनले सरकारी सेवामा काम सुरु गरेपछि बढेको थियो। यसरी अकुत कमाएको सम्पत्ति बुबाको नाममा राखेको भन्दै उनका बुबा सुदर्शन विष्टलाई पनि आयोगले सम्पत्ति जफतको प्रयोजनका लागि प्रतिवादी बनाएको छ। 

सुझावित समाचार