रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १० पुग्यो

मंगलबार, २८ माघ, २०८२
डिजिटल संस्करण

रामेछापमा भएको बस दुर्घटनामा थप एक यात्रुको शव फेला परेसँगै मृतकको संख्या १० पुगेको छ। काठमाडाैंबाट यात्रु लिएर ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको पूर्व अरनिको यातायात सेवा समितिको यात्रुबाहक बस मन्थली नगरपालिका– ६, भलुवाजोरस्थित लिलौटी भन्ने स्थानमा दुर्घटना हुँदा १० जनाको ज्यान गएको हाे । 

दुर्घटनाबाट हालसम्म सातजनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ६ जनाको सिन्धुलीको खुर्कोटस्थित अस्पतालमा उपचार भइरहेको छ भने बसका चालकको रामेछापको मन्थलीस्थित तामाकोशी अस्पतालमा उपचार भइरहेको छ।

मगंलबार बिहान करिब १०ः३० बजेको समयमा उक्त बस सडकबाट तामाकोशी नदीमा खसेको थियो । अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी रहेको छ । बस दुर्घटना र यात्रुको संख्या यकिन भएको छैन । थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजनप्रसाद तिम्सिनाले जानकारी दिए । 

सुझावित समाचार